वीरगन्ज । छिमेकीको चक्कु प्रहारबाट सखुवा प्रसौनी गाउँपालिका ४ ओझैया प्रसौनी टोल बस्ने ५० वर्षीय ललाइ हजरा दुसादको शुक्रबार मृत्यु भएको छ ।
उनका छिमेकी सुवास हजरा दुसादले नशालु पदार्थ सेवन गरी साँझ ६ बजे ललाइमाथि चक्कु हानेका थिए । गम्भीर घाइते भई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा लाँदै गर्दा ललाइको बाटोमै मृत्यु भएको हो ।
गाउँमा अशान्ति भएपछि इलाका प्रहरी कार्यालय पटेरवा सुगौलीका प्रहरी निरीक्षक इन्स्पेक्टर मोहनजंग बुढाथापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो । चक्कु प्रहार गर्ने सुवास हजार दुसादलाई नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ ।




