रुकुम पश्चिम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १८ वर्षीय किशोरको मृत्यु भएको छ । मुसीकोट नगरपालिका २ का १८ वर्षीय सागर परियारको मृत्यु भएको हो ।
उनी बुधबार दिउँसो मुसीकोट नगरपालिका ५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका थिए । उनी ट्याक्टरका चालक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई थप उपचारको लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा मुसीकोट नगरपालिका ५ का ४० वर्षीय हरिचन्द्र केसी घाइते भएका छन् । उनको नेपालगन्जमै उपचार भइरहेको छ ।




