काठमाडौं । थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि ४५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका २३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका ४ घर भएका ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जुवा तथा सट्टेबाजी सम्बन्धी कसूरमा थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनि निजको आफन्तहरूबाट नगद र चेकमार्फत उक्त रकम ठगी गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर धापाखेलबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।




