पर्सा । प्रहरीले लागूऔषधसहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । बिहीबार वीरगन्जबाट प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिका १५ बसपार्कस्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बीआर ०५ ए वाई १३४६ नम्बरको कारबाट १०२ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
कार चालक भारत बिहार मोतिहारी जिल्लाका ३० वर्षीय मोहमद नेजामुद्दीन सिद्दीकी पक्राउ परेका हुन् ।




