कपिलवस्तु । विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलाको शुक्रबार मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा गोमन सर्पले टोक्दा स्थानीय ६५ वर्षिया सुरपाति पासीको मृत्यु भएको हो ।
सर्पले डसेर घाइते भएकी उनको ढिलो गरी उद्धार हुँदा मृत्यु भएको सर्प दंश उपचार केन्द्र गोरुसिङ्गेको प्रमुख नविन भण्डारीले बताए । सर्पले डसेर मृत्यु भई सके पछि बल्ल शुक्रबार साँझ साढे ६ बजेतिर उनलाई उपचारका लागि ल्याइएको भण्डारीले बताए ।
समयमै उद्धार नहुँदा उनको मृत्यु भएको उनले बताए । गोरुसिङ्गेमा उपचार सम्भव नभएपछि तौलिहवा रिफर गरिएको थियो । सर्पको डसाइले सुरपातीको मृत्यु भएपछि शिवराज नगरपालिकाका मेयर अजय थापाले अति विपन्न परिवारका लागि गोरुसिङ्गेमा निःशुल्क उपचार हुने आफ्नो फेसबुक मार्फत घोषणा गरेका छन् ।




