दाङ । दाङको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी सवार गाडी खोलामा भासिएको छ । रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो ।
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको नेतृत्वमा तेलिया गाउँमा पुगेर त्यहाँको क्षतिको विवरण सङ्कलन गरेर फर्किने क्रममा तेलियाको गंगटे खहरे खोलामा स्कारपियो भासिएको हो ।
लमही नगरपालिका वडा नम्बर ९ तेलिया स्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर चौधरी निरिक्षण गर्नका लागि पुगेका थिए । गाडीमा सवार सबै सकुशल छन् ।




