बाँके । बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको राप्ती सोनारी गाउँपाकिला २ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ खसेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो । अस्पताल पुर्याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको हो ।




