काठमाडौं । नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ । भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३-०१-००५ ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो ।
धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झारेर आगो निभाइएको प्रहरीले जनाएको छ । समयमै इन्जीनमा आगो निभाएपछि सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको र बस आगलागी हुनबाट पनि जोगिएको प्रहरीले जनाएको छ ।




