काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा हुने लापरवाही फेरि देखिएको छ । विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो । विगतमा प्रश्नपत्र दोहोरिँदा कर्मचारीलाई दोष देखाएर उच्च अधिकारीहरु उम्किने गरेका छन् ।





