काठमाडौं । चितवनस्थित नारायणगढ-मुग्लिङ सडकखण्डमा दुई ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन आउँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट जाँदै गरेको डीडीओ वान् एल नाइन वन् सिक्स वान् नम्बरको भारतीय ट्रक शुक्रबार बिहान ६ १० मा भतेरी जङ्गलमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कन्टेनर चालक पर्साको वीरगञ्ज महानगरपालिका २४ का ३३ का प्रमोद पटेल र भारतीय ट्रकका चालक उत्तर प्रदेशका २४ का हेहताव आलमको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । दुवैलाई अस्पतालले मृत घोषणा गरेको हो । दुर्घटनामा गम्भीर घाइते भारत गोरखपुरका २२ वर्षीय सावन अहमदको उपचार भइरहेको छ । घटना बारे अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।




