झापा । झापाको हल्दिबारीमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका ५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहिबार साँझ ७:१५ बजे दुर्घटना भएको हो ।
राजगढबाट जलथलतर्फ जाँदै गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । दुवै जना मृतकको पहिचान खुलेको छैन ।
दुर्घटनामा अन्दाजी २५ देखि ३० वर्षका दुवैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषित गरेका थिए । पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।




