काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य १ लाख ५० हजार तोकेको छ ।
गत शुक्रबार १ लाख ४९ हजार ९०० रूपैयाँ पुगेको थियो । आइतबार २ सय रूपैयाँ घटेर १ लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो । सोमबार भने तोलामा ३०० रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँ पुगेको छ ।
यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ७८५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सुनको मूल्य अझै बढ्ने अनुमान विश्व बजारमा भने भइरहेको छ ।
कतिपयले यही सन् २०२४ अन्त्य अर्थात् आगामी पुससम्ममा सुन प्रतिऔंस तीन हजार डलरसम्म पुग्ने अनुमान पनि गरिरहेका छन् । यस्तो भएमा नेपालमा सुन तोलाको १ लाख ८१ हजार रूपैयाँसम्म पनि पुग्न सक्छ ।




