काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलाको २ हजार ३ सयले घटेर तोलाको १ लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुनको मुल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपैयाँ घटेर १ हजार ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




