काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु १ हजार ५ सयले वृद्धि भएको छ । बिहिबार प्रतितोला रु १ लाख ४६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ४८ हजार १ सय कायम भएको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला रु १ लाख ४७ हजार ४ सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । बिहिबार प्रतितोला रु १ हजार ६ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ७ सय ३० निर्धारण भएको छ ।




