सिन्धुली । सुनकोशी गाउँपालिका १ बलुवास्थित सडकमा प्रदेश २-०२-००१ च ०४८७ नम्बरको बोलेरो र प्रदेश २-०३-००६ प ३७५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही चक्रघट्टा गाउँपालिका २ बस्ने ३५ वर्षीय गणेश रायको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




