काठमाडौं । वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका १० बस्ने पर्सा वीरगंज महानगरपालिका १३ घर भएका ५० वर्षीय महाविर प्रसाद जैशवाल ९कुर्मी० लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
महाविरले बेरोजगार युवा युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ३ जनाबाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




