सिन्धुली । कमलामाई नगरपालिका २ चियाबारी नजिक सडकमा नाकाजोलीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बिहिबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा गोलान्जोर गाउँपालिका ६ नाकाजोली बस्ने ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मस्राङ्गी मगर र ३५ वर्षीय पवन मस्राङ्गी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बोलरोमा सवार ११ जना मध्ये अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि धुलिखेल रिफर गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




