धनगढी । मोहनापुल अत्तरिया ६ लेन सडकखण्डको गेटा मेडिकल कलेज नजिकै म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।
मेडिकल कलेज नजिकै प्रकाश बोहोराले चलाएको म १ ज १६१ नम्बरको म्याजिक र पहिचाल नखुलेका चालकले चलाएको से ६ प ८४२३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुवै जना चालक गम्भीर घाइते भएका छन् । तत्कालै उपचारका लागि पद्यमा अस्पताल पुगाइएका उनीहरुलाई सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ ।




