काठमाडौं । पानीमा डुबेर कैलालीकी एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका १० आमखोईया बस्ने ८ वर्षया कल्पना रोकायको सोमबार मृत्यु भएको हो ।
घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन् । खोजतलास गर्दा सोमबार साँझ नै सोही खोलामा मृत अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ ।




