कैलाली । कैलालीमा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका १० आमखोईया बस्ने भरत रोकायकी छोरी ८ वर्षीया कल्पना रोकायको घर नजिकै रहेको भदेली खोलाले बगाएर सोमबार दिउँसो मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पहलमानपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही खोलाको किनारमा शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




