झापा । बिर्तामोडमा आज साँझ बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इलाम माईनगरपालिका ४ की ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको पछाडि सवार तुलसा पाँचकोटी गम्भीर घाइते भएपछि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो । उनको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक कन्काई नगरपालिका ३ का २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका ४ का ठिरप्रसाद सुवेदीलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।




