काठमाडौं । मलेसियामा एक नेपाली युवकको हत्या भएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका सिराहाका रुपेश यादवको गएराति चक्कु प्रहारबाट हत्या भएको हो ।
घटनामा संलग्न रहेको आरोप रुपेशकै साथी मिलन गुरुङमाथि लागेको छ, जसले चक्कु प्रहार गरेर हत्या गरेको बताइन्छ । हत्या गरेपछि मिलन घटनास्थलबाट फरार भएपनि मलेसियन प्रहरीले उनलाई पक्राउ गरिसकेको छ ।
रुपेश मलेसियाको एक सुपरमार्केटमा कार्यरत थिए । मिलनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




