काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मोरङ पथरी शनिश्चरे नगरपालिका १० घर भई भक्तपुर सुर्यविनायक नगरपालिका ११ बस्ने ३७ वर्षीय सन्देश कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सन्देशले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका ८ गौशालाबाट उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




