चितवन । चितवनको रत्ननगरमा कन्टेनर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक व्यक्तिको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ३ शान्तिचोकमा बिहान दुई सवारी आपसमा ठोक्किँएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ जाँदै गरेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आएको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक, रत्ननगर १५ निवासी ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए ।
घाइते मग्रातीको उपचारका क्रममा बकुलहर अस्पताल, टाँडीमा निधन भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने कन्टेनर र चालक बाराको गडीमाई नगरपालिका ५ निवासी ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।




