काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यसअघि बुधबार सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




