काठमाडौं । दसैँको अवसरमा आजदेखि नयाँ र सफा नोट साट्ने सुविधा सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार, यस वर्षका लागि नोट साट्ने प्रक्रिया आजबाट सुरू भई २२ गतेसम्म जारी रहनेछ ।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग साथै प्रदेशस्थित कार्यालयहरू जस्तै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट पनि नागरिकहरूले नोट साट्न सक्नेछन् ।
यसका साथै, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूमा पनि नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।




