काठमाडौं । सोमबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको हो । आइतबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।




