काठमाडौं । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुली गरिएको घटनामा संलग्न अर्की व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इटहरीकी भिमादेवी थापा बिहिबार पक्राउ परेकी हुन् । यसअघि सुष्मा विक र ताज इस्लामलाई पनि यसै प्रकरणमा पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार, प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरूले एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै ३० लाख रुपैयाँ असुल गरेका थिए । तीमध्ये २० लाख थापाको बैंक खातामा जम्मा गरिएको थियो ।
थापाले घटना बारे आफूलाई जानकारी नरहेको दाबी गरेकी छिन्, र ताजले उनको बैंक खाता प्रयोग गरेको बताइएको छ । बिनुकुमारी शाहीलाई यसअघि विवादित कार्यशैलीका कारण जिम्मेवारीमुक्त गरिएको उपत्यका प्रहरीले जनाएको छ ।




