हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका १ हात्तीढुङ्गामा डुबेर एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ । चिरुवा खोलामा नुहाउने क्रममा रुविना तामाङको डुबेर निधन भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
सोमबार दिउँसो रुविना तामाङ र अन्य दुई बालिका चिरुवा खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा रुविना डुबेकी हुन् । उनकी बहिनी एलिना तामाङले हजुरआमा र हजुरबुबालाई खबर गरेपछि रुविनालाई खोलाबाट निकालिएको थियो ।
उनलाई तत्कालै बागमतीको झुरझुरेस्थित क्लिनिकमा उपचारका लागि लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो । रुविनाको शव सोमबार राति नै पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ । रुविना ललितपुरकी स्थायी बासिन्दा भएपनि हाल मामाघरमा बस्दै आएकी थिइन् ।




