काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
यो मूल्य शुक्रबारको तुलनामा ६ सय रुपैयाँले बढी हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, मध्यपूर्व र रुस-युक्रेन युद्ध तथा अमेरिकी चुनावपछि उत्पन्न हुन सक्ने अनिश्चितताले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भइरहेको छ ।
व्यवसायीहरूका अनुसार, नेपालमा सुनको मूल्यवृद्धिको कारण घरेलु नभएर अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव हो । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २,७२१ अमेरिकी डलर पुगेको छ ।




