काठमाडौं । प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मालिकार्जुन गाउँपालिका २ का ५२ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
बालिकाका परिवारले उजुरी दिएपछि प्रहरीले कारबाही अघि बढाएको बताइएको छ । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ ।
पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।




