ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ कालिमाटी टोल निवासी २७ वर्षीय सुनिल खतिवडालाई २१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार बिहान पक्राउ गरिएका सुनिलमाथि शनिबार ती महिलामाथि जबरजस्ती करणी गरेको उजुरी दर्ता भएपछि प्रहरी चौकी शेर्नाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




