काठमाडौं । मध्यपुरथिमी नगरपालिका ४ चारदोबाटोमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बस र मोटरसाइकल आपसमा ठोक्किँएको हो ।
बा प्र ०१–००६ ख २९९६ नम्बरको मयुर यातायातको बस र सोही दिशामा रहेको बाग्मती प्रदेश ०२–०२८ प ०५३९ नम्बरको मोटरसाइकलबीच हिजो ठक्कर हुँदा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण ७ बागेश्वरी निवासी ४५ वर्षीया अप्सरा फुयालको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार बस र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ ।




