कैलाली । धनगढी उपमहानगरपालिका ३ भन्सार नजिकको सडकमा शनिबार दिउँसो प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका १३ निवासी १९ वर्षीय निरज राना र २१ वर्षीय सुनिल राना रहेका छन् ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले से ७ प ६३५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ५ ग्राम ८४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




