कञ्चनपुर । भीमदत्त नगरपालिका ९ कालीगाडा खोलाबाट भरूवा बन्दुकसहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेव र सशस्त्र प्रहरी बल बीओपी खल्लाबाट खटिएको संयुक्त टोलीले हातहतियार र विभिन्न आपत्तिजनक सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ९ टुडिखेल निवासी ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक, दुई प्याकेट बारूद, दुई थान खुकुरी, ३८ थान बन्दुकको सिसा, २७ थान फलामका टुक्रा र १२ थान बन्दुकको क्याप बरामद गरिएको छ ।
प्रहरीले हातहतियार भेटेको स्थान
प्रहरीले कालीगाडा खोलामा संकास्पद गतिविधि भइरहेको सूचना पाएपछि त्यहाँ निगरानी राखेको थियो । सोही क्रममा उक्त हात हतियारसहित उनीहरूलाई पक्राउ गरिएको हो । हात हतियारको स्रोत र प्रयोग बारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।
अनुसन्धान जारी
प्रहरीले पक्राउ गरेका तरामी र धामीमाथि अवैध हातहतियार राख्ने उद्देश्य, यसको सम्भावित प्रयोग र आपराधिक गतिविधिमा संलग्नता बारे अनुसन्धान गरिरहेको छ । ‘उक्त हातहतियार कुनै आपराधिक उद्देश्यका लागि प्रयोग गर्न खोजिएको हो कि अन्य कारण छ, यस बारे थप विवरण आउन बाँकी छ,’ इलाका प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिए ।
अवैध हातहतियार नियन्त्रणमा सक्रियता
कञ्चनपुर र आसपासका क्षेत्रमा अवैध हातहतियारको प्रयोग र ओसारपसारलाई रोक्न प्रहरीले निगरानी बढाएको छ । यस्ता गतिविधिले समाजमा असुरक्षा फैलाउन सक्ने भएकाले कानुन उल्लङ्घन गर्नेहरूलाई कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।
स्थानीयवासीलाई कुनै पनि शंकास्पद गतिविधिको सूचना दिन र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरिएको छ । पक्राउ परेका दुवै व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।




