रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० घारीखोलामा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । १९ वर्षीय छोराले ५१ वर्षीय बुवाको चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आइतबार साँझ १९ वर्षीय युवकले बुवाको पेटमा चक्कु प्रहार गरेका थिए । घटनापछि युवक फरार रहेको र उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले बताए ।
स्थानीयले जानकारी दिए अनुसार बुवाले कान्छी श्रीमती ल्याएको विषयलाई लिएर बुवा छोराबीच विवाद भइरहने गरेको थियो । हत्या गरेपछि युवक जंगलतर्फ भागेको जनाइएको छ । प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको बताएको छ ।




