धनकुटा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका ७ मोतिगडा बस्ने २८ वर्षीय सोमनाथ भन्ने सुजन गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरको छ ।
सुजनले ती किशोरीलाई सुनसरी इटहरीस्थित क्राउन होटल एण्ड लजमा कात्तिक ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकी मुढेबास धनकुटाबाट खटिएको प्रहरीले उनलाई चौबिसे गाउँपालिका २ टोक्रोम्बास्थित शुक्रबारे बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




