सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का देवेन्द्रप्रसाद यादव विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा यादवले ३७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले २७७ मत प्राप्त गरे ।
यस्तै, जनमत पार्टीका उदय नारायण पण्डितले २३१, नेकपा एमालेका सञ्जयकुमार यादवले ६८, नेकपा माओवादी केन्द्रका भागवत रामले ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले ६ र नागरिक उन्मुक्ति पार्टीका शिवकुमार राम तथा जसपाका रविन्द्र रायले समान ३/३ मत पाएका छन् ।
डाक्नेश्वरी नगरपालिका वडा नं. १ मा पनि जसपाका उम्मेदवार धिरेन्द्रकुमार साह विजयी भएका छन् । साहले ६५२ मत प्राप्त गर्दा, कांग्रेसकी भूलियादेवी थरुनीले ५८७ मतसहित निकटतम प्रतिद्वन्द्वीको स्थान हासिल गरिन् । एमालेकी भगवानी साहले २६५ मत प्राप्त गरिन् । जसपाको विजयले यस क्षेत्रका वडामा पार्टीको प्रभाव कायम रहेको देखाएको छ ।




