धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार, शनिबार घरमा पारिवारिक विवादको क्रममा भट्टले श्रीमती जयन्ती भट्टलाई कुटपिट गरेका थिए ।
जयन्तीका दाजुले दिएको किटानी जाहेरीका आधारमा भट्टलाई ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ गरिएको हो । घाइते जयन्तीको धनगढीमा उपचार भइरहेको छ । भट्ट मर्निङ ग्लोरी स्कूलका सञ्चालक समेत हुन् । प्रहरीले भट्टलाई अदालतबाट म्याद थपेर अनुसन्धान जारी राखेको जनाएको छ ।




