सर्लाही । सर्लाहीको लालबन्दीस्थित चुरे क्षेत्रमा मंगलबार साँझ तीन वटा भालुले आक्रमण गर्दा ५० वर्षीय मानबहादुर बम्जन घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार लालबन्दी नगरपालिका १३ का निवासी बम्जनलाई लालबन्दी बजारबाट जंगलको बाटो हुँदै घर फर्किने क्रममा भालुहरूले आक्रमण गरेको हो ।
घटनापछि बम्जनले रुखमा चढेर ज्यान जोगाएको बताएका छन् । रुखमा बसेका बेला अन्य यात्रुहरू आएपछि भालुहरू भागेका थिए । भालुहरू भागेपछि बम्जनलाई आफन्तले उद्धार गरी अस्पताल पुर्याएका थिए ।
भालुको आक्रमणबाट बम्जनको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ, र उनको उपचार लालबन्दीस्थित एक क्लिनिकमा भइरहेको छ ।




