काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको फन्दामा कृष्ण गुरुङ परेका छन् । कतार जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पोखरा स्थायी घर भएका गुरुङ सूर्यदर्शन सहकारीका सञ्चालक समिति सदस्य हुन् । कास्की जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाइएको छ ।




