सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका ४ स्थित टिप्पर गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । हरिनगरको मुख्य बजारको भित्री सडकमा टिप्परले साइकल यात्रीलाई ठक्कर दिएको हो ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को १ ख ६४३१ नम्बरको टिप्परले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका ७ का ४५ वर्षीय झलु उरावको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको घटनामा स्थानीयले टिप्परमा आगजनी गर्न खोजेपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको जनाइएको छ ।
ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगरपालिका १६ का ३३ वर्षीय अब्दुल रहमान अन्सरीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए ।




