बारा । बाराको महागढी नगरपालिका १ बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा सहभागी स्वदेशी तथा विदेशी भक्तजनका लागि नि:शुल्क भोजन, बास र शौचालयको व्यवस्था गरिएको छ ।
स्थानीय समुदायले मेलामा भक्तजनलाई असुविधा नहोस् भन्ने उद्देश्यले नि:शुल्क सेवा प्रदान गर्दै आएको छ । मङ्सिर २० गतेदेखि २४ सै घण्टा सञ्चालनमा रहेको यो सेवाबाट दैनिक एक हजारभन्दा बढी भक्तजन लाभान्वित भइरहेका छन् ।
त्यसैगरी, मेलामा नि:शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । शिविरमार्फत २४ सै घण्टा चिकित्सकीय सेवा उपलब्ध गराइएको छ भने दैनिक झन्डै पाँच सय भक्तजनले यसको लाभ लिइरहेका छन् । शिविरले आवश्यक औषधिहरू पनि नि:शुल्क उपलब्ध गराइरहेको छ ।




