काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित किरातचोक नजिकै शनिबार मध्यान्ह एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । प्रहरीका अनुसार चितवनको रत्ननगर नगरपालिका १२ घर भएकी ३८ वर्षीया कमला आचार्यले पेट्रोल छर्केर शरीरमा आगो लगाएकी हुन् ।
हाल उनी बौद्धको नारायणटारमा डेरा गरी बस्दै आएकी थिइन् । शनिबार करिब १२:०३ बजे बा ३५ प ५८१८ नम्बरको स्कुटरमा घटनास्थल पुगेकी आचार्यले खाली जमिनमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।
घटनामा गम्भीर घाइते भएकी उनलाई तत्कालै शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्याइएको छ । उनको शरीरका विभिन्न भाग जलेको छ, र उनी बोल्न नसक्ने अवस्थामा छिन् । घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




