काठमाडौं । आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी ३८ वर्षीया महिलाको मृत्यु भएको हो ।
चितवनको रत्ननगर नगरपालिका १२ घर भई काठमाडौंको नारायणटारमा बसोबास गर्दै आएकी कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बा ३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका ८ को किराँत चोकस्थित बागमती नदी किनारमा पुगेपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बस्दै आएकी थिइन् । घटनाको विस्तृत कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




