उदयपुर । चौदण्डीगढी नगरपालिका ३, पैतालिस चोक निवासी ५१ वर्षीय पदम राईको घरबाट करिब ६ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
आइतबार राति भएको घटनामा ४ तोला बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान पनि जारी रहेको छ । स्थानीयहरूले चोरीका घटना बढ्दै गएको भन्दै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन् ।




