बारा । बारा जिल्लाको फेटा गाउँपालिका २, जगतपुरमा डेरा गरी बस्दै आएका भारत बिहार निवासी ५० वर्षीय संजिब कुमार झा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
उनी डेरामा मृत फेला परेको विषयमा प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको छ ।




