सप्तरी । सप्तरीको रूपनी गाउँपालिका १, रूपनी बजारस्थित नवनिर्मित सामुदायिक भवनको दोस्रो तलाको कोठामा बुधबार बिहान एक अज्ञात पुरुषको मृत अवस्था फेला परेको छ । मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन ।
अन्दाजी ३० वर्षीय ती पुरुषको शव भवनभित्र रहस्यमय अवस्थामा भेटिएको बताइएको छ । घटनाको जानकारी पाएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
प्रहरीका अनुसार मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यस घटनाले स्थानीयवासीमा त्रासको स्थिति उत्पन्न गरेको छ भने प्रहरी घटनाको कारण पत्ता लगाउन गहिरो अनुसन्धान गरिरहेको छ ।




