बारा । बाराको महागढीमाई नगरपालिका १, बरियारपुर टोलमा दुई वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । समिर रायकी छोरी अलिशा खातुन बिहीबार दिउँसो घर नजिकै पानीले भरिएको ड्रममा डुबेकी थिइन् ।
डुबेर अशक्त अवस्थामा रहेकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




