वीरगंज । वीरगंज महानगरपालिका १३ स्थित सोनेलाल कुशवाहाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोही ठाउँका ३१ वर्षीय राम श्रेष्ठसहित ६ जनालाई नगद १ लाख ४५ हजार ५ सय ४० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




